कट्रिना र रणबीरका जवाफ अपमानजनक

एजेन्सी । कट्रिना कैफ र रणबीर कपुरको सम्बन्ध समाप्त भइसकेको छ र उनीहरु आफ्नो रिलिज हुने तयारीमा रहेको फिल्म ‘जग्गा जासूस’ को प्रोमोशनका लागि विभिन्न कार्यक्रममा एकसाथ देखिएका छन् । केही दिन अघि दुबै प्रोमोसनका लागि फेसबुक लाइभ गरिरहेका थिए र यो क्रममा दुबैले खेल पनि खेलेका थिए । खेलको क्रममा दुबै मस्तीको मूडमा देखिएपनि उनीहरुका केही जवाफ अपमानजनक पनि थिए ।

वास्तवमा रणबीरले कट्रिनालाई एक जनावरसँग कुनै सेलिब्रिटीको नाम जोड्ने खेल खेलाएका थिए । जब रणबीरले स्याल भने तब कट्रिनाले उत्तर दिइन्, ‘ऐश्वर्या राय बच्चन’ । अब कट्रिनाले यस्तो किन भनिन् यो त उनलाई नै थाहा होला तर यो उत्तर सुनेपछि रणबीरले कट्रिनालाई चुप बस्न लगाएका थिए ।
त्यसपछि एक प्रशंसकले रणबीरलार्इृ उनको जीवनको पाँच सबैभन्दा नजिकका व्यक्तिहरु को–को हुन् भनी सोधेका थिए । प्रश्नको जवाफ दिँदै रणबीरले भने, ‘ममी ड्याडी, भतिजी, अयान । म तिम्रो (कट्रिना) को नाम पनि लिन्थे यदि मैले तिमीलाई खुसी राख्न सक्थें । त्यसकारण म आफ्ना दुई कुकुरको नाम लिनेछु ।’








