नेपाल आँखा अस्पतालद्धारा जलविन्दु सचेतना कार्यक्रम

मंसिर २, काठमाडौँ । नेपाल आँखा अस्पतालले शनिबार जलविन्दु सचेतना कार्यक्रम आयोजना गरेको छ । जलविन्दु रोगको रोकथामका उपायबारे जानकारी गराउने उद्देश्यले नेपाल आँखा अस्पतालले एक दिने जलविन्दु सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चिकित्सकहरुले जलविन्दु रोगको समयमै उपचार नगरे आँखाको दृष्टि गुम्नेतर्फ पनि सचेत गराएका छन । चिकित्सक अर्चना शर्माले जलविन्दु रोगबाट आँखाको दृष्टिनै गुम्ने भएकाले यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी गराउन सचेतना कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन् ।

चिकित्सक नेयाज कौसर मिकरानीले आँखाको दृष्टि गुम्न नदिन सर्वसाधारणका लागि चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नेपालमा जलविन्दुका रोगीहरुको संख्या बढदै गएको पनि चिकित्सकहरुले बताउँदै आएका छन ।

चिकित्सकहरुका अनुसार समयमै उपचार नगरे जलविन्दु रोगका कारण आँखाको दृष्टिनै गुमाउनुपर्ने हुन्छ । चिकित्सक मिकरानीले आँखाको दृष्टि गुमाउन नदिन नेपालमा पनि आँखाको रोग नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम संचालन भईरहेको पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =