पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, माघ ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलमा एक, डिजल र मट्टितेलमा दुई रुपैयाँ मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १०३ र डिजल तथा मट्टितेल ८१ रुपैयाँ पर्नेछ । आयलनिगमले भने अन्तराष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । भट्टराईका अनुसार जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *