म्याग्दीमा बाम र लोकतान्त्रिक गठबन्धनबीच रोचक भीडन्त

“
मङ्सिर १, पोखरा । प्रदेश नम्बर ४ अन्तरगको एउटा मात्र प्रतिनिधि सभा सदस्य भएको धौलागिरिको सानो जिल्ला म्याग्दीमा चुनावी मिति नजिकिदै गर्दा चुनावी सर्गर्मी बढेकाे छ ।
पहिलो चरण अन्तरगत आगामी मङ्सिर १० गते हुने निर्वाचनको लागि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दलका उमेदवार बिच तीव्र प्रतिशपर्धा हुने देखिएको छ । बामहरुको बर्चश्व रहदै आएको जिल्लामा ह्याट्रिक मार्ने दाउमा लोकतान्त्रिक गठबन्धन रहेको छ ।
जिल्लामा १ प्रतिनिधि सभा र २ वटा प्रदेश सभा रहेका छन् । सानो जिल्ला भएरपनि बेलाबखत राष्ट्रिय राजनीतिमा छुट्टै पहिचाहन बनाउन सफल भएको जिल्लाका रूपमा म्याग्दीलाई हेरिन्छ । यस जिल्लाले खासै दिग्गज र दूरदर्शी नेतृत्व जन्माउन नसकेपनि एकाएक राष्ट्रिय राजनीतिमा पकड जमाएका स्वर्गिय नारायण सिंह पुन र भीम प्रसाद गौचनका कारण केन्द्रमा जिल्ला परिचित छ । पुन प्रजातान्त्रिक कार्यकालमा मन्त्री बनेर चर्चा पाएका थिए भने शेरचन पञ्चायतमा राज्यमन्त्री बनेर चर्चा कमाएका थिए ।त्यस बाहेका म्याग्दीबाट राज्य मन्त्री बनेपनि खासै चार्चा परिचर्चा छैन ।
०४८ सालदेखि यता भएका निर्वाचनहरुमा धेरैपटक जिल्लामा बामबर्चश्व कायम हुँदै आएको छ । अहिलेपनि जिल्लामा प्रतिनिधिसभा र स्थानीय निर्वाचनको मत जोडदा बामगठवन्धनको मतान्तर ठुलो छ । तुलनात्मकरुपमा दुवै निर्वाचनको मतलाई हेर्दा जिल्लामा एमाले र माओवादीको मत अब्बल छ । लोकतान्त्रिक गठबन्धनको मत जाोड्दा ठुलो मतान्तर देखिन्छ तर, आखिर निर्वाचन नै हो, लोकतान्त्रिक गठबन्धन पनि रणनितिक तयारीमै लागेको छ ।
एउटा मात्र क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभाको बामगठबन्धनको तर्फबाट एमालेका भुपेन्द्रबहादुर थापा लाई उमेदवार बनाएको छ भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेस खम्बिर गर्बुजालाई अगाडि सारेको छ । प्रतिनिधिसभाको लागि बामगठबन्धनका थापा र लोकतान्त्रिक गठबन्धनका गर्बुजाबीच मुख्य प्रतिशपर्धा हुने छ । बामगठबन्धनको तर्फबाट उमेद्वारी दिएका एमालेका बैकल्पीक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापती हुन् ।
प्रजातान्त्रिक गठबन्धनको तर्फबाट उमेद्वार बनेका गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति हुन् । उनी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासंग तीन हजार ४ सय ४६ मतअन्तरले पराजित भएका थिए । बेनी नगरपालिका १ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्यमा पर्छन भने रघुगंगा गाउँपालिका ४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकास पाएपछि राजनीतिमा सक्रिय छन् ।
प्रदेशसभाको क्षेत्र नम्बर क मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन चुनावी मैदानमा छन् । प्रदेशसभाको क्षेत्र नम्बर ख मा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन् । बाम गठबन्धनको तर्फबाट उमेद्वार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पूर्व पशुपंक्षी विकास राज्य मन्त्री हुन् ।
काँग्रेसका उमेद्वार अमलाल फगामी भारतीय गोर्खा सैनिकको सेवा निवृत भएपछि राजनीतिमा क्रियाशील रहदै आएका छन् । शिक्षकको स्थाई जागिर छोडेर राजनीतिमा होमीएकी पुन र देविस्थानका फगामी दुवै मगर समुदायका हुन् । प्रदेशसभाको निर्वाचनमा समेत जिल्लामा तीव्र प्रतिशपर्धा छ। युवा नेता र पूर्व राज्यमन्त्री समेत चुनावी मैदानमा भीड्दै छन् ।
स्थानीय तहको निर्वाचनमा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा सात हजार मतले अगाडी छ । स्थानीय तह निर्वाचनमा ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि चार हजार ७५ जना मतदाता थपिएर जिल्लाभर ७५ हजार ५ सय ३८ मतदाता पुगेको छन् ।
स्थानीय तह निर्वाचनमा काँग्रेसका वडा अध्यक्षका उमेद्वारले १६ हजार ९ सय ८२, राप्रपाकाले ६६०, एमालेकाले १८ हजार ९ सय ३८ र माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वारले पाँच हजार ७ सय ७ मत प्राप्त गरेका थिए । काँग्रेसले विगतको तुलनामा सङ्गठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने आँकलन गरेको छ ।
स्थानीय तहको निर्वाचनमा काँग्रेससंग तालमेल गरेको माओवादी केन्द्र यस पटक एमाले सँग तालमेल गरेकोले बामगठबन्दनको जीत सुनिश्चित रहेको बाम गठबन्धनले दाबी गर्दै आएको छ । २०५६ यताको संसदीय चुनावमा पराजय ब्यहोर्दै आएको काँग्रेसले यस पटक जसरी पनि पुरानो बिरासत फर्काउने रणनीतिमा छ ।
“








