नेपाली काँग्रेस र सङ्घीय फोरमका उम्मेदवार झुटकाे खेती गर्दै : उम्मेदवार रार्इ

मङ्सिर १, धरान । नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरमका उम्मेदवारले झुटको खेती गरेकाे अाराेप बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार रार्इले लगाएका छन् । धरान उपमहानगरसहितको सुनसरी क्षेत्र नं १ लाई प्रादेशिक राजधानी बनाउने भन्दै उनीहरूले झुटको खेती गरेको आरोप रार्इले लगाएका हुन् । किरात राई यायोक्खा सुनसरीले बिहीबार आयोजना गरेको राई उम्मेदवारहरुसँगको कार्यक्रममा उम्मेदवार राईले यस्तो आरोप लगाएका हुन् ।

काँग्रेसकै नेतृत्वमा वर्तमान सरकार हुँदा पनि धरान(क्षेत्र नं १)लाई अस्थायी राजधानी बनाउन नसक्ने कांग्रेसीहरुले भविष्यमा राजधानी बनाउँछु भन्दै जनता ढाट्ने काम गरेको रार्इले बताए । उनले भने, ‘धरानलाई राजधानी बनाउछु भन्दै आश्वासन बाढीरहेका छन् । बनाउने नै हो भने अहिले किन नसकेको ? काँग्रेसकै नेतृत्वमा सरकार छ, किन अस्थायी राजधानी घोषणा गर्न पहल नगरेको ?’

त्यस्तै, उनले काँग्रेसबाट प्रदेश सभा(क) का उम्मेदवार किशोर राईमाथि अाक्राेशित हुँदै भने, ‘हामी प्रतिपक्षमा छौँ, सरकार त काँग्रेसको छ । त्यही सरकारले धनकुटालाई अस्थायी राजधानी तोकिसकेको छ, अनि धरानलाई बनाउँछु भनेर भन्ने ? खै पहल गरेको ?’

यसअघि मन्तव्य व्यक्त गरेका काँग्रेस उम्मेदवार राईले धरानलाई प्रादेशिक राजधानी बनाउने भन्दै आश्वासन दिएका थिए । उनको भनाई पछि मन्तव्य व्यक्त गर्न आएका बाम गठबन्धनका उम्मेदवार राईले कांग्रेसी उम्मेदवारमाथि कडा आक्रोश पोखेका थिए ।

वामपन्थी उम्मेदवार राईले धरान १७ स्थित साकेला पार्कको जग्गा संरक्षण गर्दा पूर्व मेयर ध्यानबहादुर राईसँगै लागिपरेको स्मरण गर्दै आदिवासी, जनजातिको भाषा, धर्म, संस्कार एवं संस्कृति संरक्षणमा आफू संवेदनशील भएको बताए ।

सोही कार्यक्रममा सङ्घीय समाजवादी फोरमका नेता एवं उम्मेदवार अशोक राईले बाम गठबन्धनका उम्मेदार जयकुमार नाताले भाइ भए पनि केही मिडियाहरुले गुरु र चेलाकाेरुपमा चित्रित गरेकोमा असहमति प्रकट गर्दै त्यस्तो नभएको र राजनीतिक प्रतिस्पर्धामा समान हैसियत भएको बताए । उनले भने, ‘केही मिडियाहरुमा गुरु चेला भनेर लेखिएको छ, तर त्यस्तो होइन । उहाँलाई होच्याउने मेरो नियत होइन, उहाँ समान हैसियतकाे प्रतिस्पर्धी हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *