आगामी निर्वाचन ‘जनमतसंग्रह’समेत : विक्रम पाण्डे
२०७४ जेठ १५ गते

“
चितवन, कात्तिक ३० । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन ‘जनमतसंग्रह’समेत भएको बताएका छन् ।
बिहीबार पश्चिम चितवनको गीतानगरमा नेपाल भूपू सैनिक संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘देशलाई लोकतान्त्रिक बाटोमा लैजाने कि साम्यवादी बाटोमा लैजाने भन्ने फैसला यो निर्वाचनले गर्ने’ बताए ।
चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री पाण्डेले संविधानको रक्षा गर्न चुनौतीपूर्ण रहेको बताउँदै यो निर्वाचन लोकतन्त्रवादी आमजनसमुदायको परीक्षासमेत भएको धारणा व्यक्त गरे ।
राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डे चितवन क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धामा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








