सानिमा बैङ्क लिमिटेड र एक्सिस बैङ्क भारत बिच रेमिट्यान्स सम्झौता

कार्तिक ३०, काठमाडाैं । सानिमा बैङ्क लिमिटेड र एक्सिस बैङ्क बिच भारत नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैङ्कको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैङ्कको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढी आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैङ्कको खाता वा कुनै पनि बैङ्कमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।

 

उक्त सम्झौता पत्रमा सानिमा बैङ्कको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैङ्कको तर्फबाट वित्तीय संस्था समूहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यु.ए.ई, कतार, यु.के, कोरिया लगायत विश्वभरिबाट तथा एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । सानिमा बैङ्कले छिटै आफ्नो रेमिट्यान्स सेवा अरू देशहरुबाट पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यस सम्झौता अनुरूप सानिमा बैङ्क मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरू रेमिट्यान्स सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =