मेस्सी अनुपस्थित खेलमा अर्जेन्टिना नाइजेरियासँग पराजित
“
एजेन्सी । अर्जेन्टिनाका नियमित कप्तान लिओनल मेस्सी अनुपस्थित खेलमा अर्जेन्टिना नाइजेरियासँग पराजित भएकाे छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको हाे । अर्जेन्टिनालाई नाइजेरियाले ४–२ गोलले पराजित गरेको हो । खेलमा अर्जेन्टिना नियमित कप्तान मेस्सी रसियासँगको मैत्रीपूर्ण खेलपछि स्पेन फर्किएका थिए ।
खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिएकाे थियाे । खेलकाे २७ अाै मिनेटमा बानेगाले गोल गरेपछि अर्जेन्टिनाले अग्रत लिएकाे थियाे । भने, ३६ औँ मिनेटमा सर्जियो अग्युरोले अग्रता दोब्बर पारेका थिए । तर, पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा नाइजेरियाका इहेनाचोले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–१ मा झारेका थिए ।
दोस्रो हाफमा नाइजेरियाका एलेक्स इओवीले दुई गोल गरे । उनले ५२ र ७३ अाै मिनेटमा गोल गरेका हुन् । त्यसअघि ५४ मिनेटमा ओडोउले नाइजेरियाका लागि तेस्रो गोल गरेका थिए ।
यता पहिलो हाफ सकिएपछि ड्रेसिङ रुममा जाने क्रममा अर्जेन्टिनाका फरवार्ड अग्युरो बेहोस भए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अर्जेन्टिना फुटबल महासङ्घले अग्युरोलाई चक्कर लागेर भुइँमा ढलेपछि अस्पताल लगिएको विज्ञप्तिमार्फत जनाएको छ । साथै, अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेको पनि महासङ्घले जनाएको छ ।
“