सर्लाहीमा आर्थिक बर्ष ७३/७४ मा सवारी कार्वाहीबाट दोब्बर राजस्व संकलन

सर्लाही, साउन ४ । आर्थिक वर्ष २०७३÷०७४ मा सवारी कार्वाहीबाट सर्लाहीमा दोब्बर राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आव ७३÷७४ मा ३२ हजार ८ सय ७७ सवारी कार्वाहीबाट २ करोड ३९ लाख १९ हजार राजस्व संकलन भएको छ ।
आव ७३÷७४ मा ट्रक १४ हजार १ सय १८, वस १ हजार ४ सय ६६, जीप तथा कार ४ हजार ४ सय ८०, मोटरसाईकल १० हजार ९ सय ३९, ट्याक्टर १ हजार ६ सय ६४ र अन्य २ सय १० सवारी कार्वाहीमा परेका छन् ।
कार्वाहीमा परेका अधिकांश सवारी मादक पदार्थ सेवन गरेको, छतमा यात्रु राखेको, ओभरलोड हालेको, सीटवेल्ट हेल्मेट नलगाएको, कागजपत्र साथमा नबोकी सवारी चलाएको, सवारी चालक अनुमति पत्र नभएको लगायतका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै आव ७३÷७४ मा १०८ सवारी दुर्घट्ना भएका छन् । दुर्घट्नामा परी ३१ जना पुरुष, ५ जना महिला र ११ जना बालबालिको मृत्य भएको छ ।








