एन आई सी एसिया बैङ्कको नयाँ शाखा प्युठानको जुम्रीमा
२०७४ जेठ १५ गते

“
कार्तिक २८, काठमाडाैं । एन आई सी एसिया बैङ्कले प्युठानकाे जुम्रीमा नयाँ शाखा स्थापना गरेकाे छ । प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखाकाे सुरुवात गरेकाे हाे ।
आज एक समारोहका बिच प्युठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रूपमा बैंककाे नयाँ शाखा औपचारिक रूपमा समुद्घाटन भएकाे हाे ।
शाखा सञ्जाल, एटिएम सङ्ख्या, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएकाे छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








