यू–१९ एसिया कप क्रिकेटमा अर्काे सफलता, मलेसियामाथि नेपालको शानदार जित

कार्तिक २८ , काठमाडौं । मलेसियाको क्वालाम्पुरमा वर्षा भएपछि २४ ओभरमा घटाईएको खेलमा नेपालले पाएको ४६ रनको सामान्य लक्ष्य ५ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा अनिल साहको अविजित २६ रन महत्वपूर्ण रह्यो । १५ बल सामना गरेका साहले ३ छक्का र एक चौका प्रहार गरे । यसैगरी १२ रन जोडेका कप्तान दिपेन्द्र सिंह ऐरीले दुई छक्का प्रहार गरे ।

वर्षाले झण्डै ५ घण्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले व्याटिङ गरेको थियो ।

१५ ओभर ३ बल मात्रै क्रिजमा टिकेको मलेसियालाई ४५ रनमै समेट्न नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । यसैगरी शहाब आलम र दिपेन्द्र सिंह ऐरीले २र२ विकेट झारे ।

यही समूहको अर्को खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् ।

वर्षाको कारण ३२ ओभरमा घटाइएको खेलमा बंगलादेशले जितका लागि १ सय ८८ रनको चुनौती पाएको छ । टस हारेको भारतले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको हो ।

यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *