रमपम स्कुल ट्यालेन्ट हन्टमा उपाधि विवश र जयन्तीलार्इ

कात्तिक २८, मोरङ । मोरङ पथरीशनिश्चरे–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र बिवश राईले पूर्वाञ्ल स्तरीय रमपम स्कुल ट्यालेन्ट हन्टको प्रथम स्थान ओगट्न सफल भएका छन् । झापा दमकमा स्थापित सवल नेपालले आयोजना गरेको सो प्रतियोगितामा विवशले पूर्वाञ्चल भरिका प्रतियोगीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् । भारतको सिलोङमा जन्मिएका बिवश फुपु दिलकुमारी राई र फुपाजु विष्णु बस्नेत सँग पथरीशनिश्चरेमा बस्दै आएका छन् ।

विवशले पूर्वाञ्चलको विभिन्न स्थानको भ्रमण, रोड सो र छात्रवृत्ति प्राप्त त गर्ने छन् । पूर्वाञ्चलमा रमपमको ब्राण्ड एम्बासडर पनि रहने आयोजक सवल नेपालका महासचिव भक्त श्रेष्ठले जानकारी दिए ।

मोरङ पथरीशनिश्चरे–२ मा स्थापित चिनारी बोर्डिङ स्कुलकी छात्रा जयन्ती लिम्बुले दमदार नृत्य प्रस्तुत गरी दोस्रो स्थान हासिल गरेकी छिन् । झापा दमकमा भएको पूर्वाञ्चल स्तरीय रमपम स्कुल ट्यालेन्ट हन्टको नृत्य तर्फको उपाधि उनले हात पारेकी हुन् ।

कक्षा–६ मा अध्ययनरत ११ वर्षीय जयन्ती पूर्वाञ्चलका विद्यालयहरुबाट सहभागीहरुलाई उछिन्दै दोस्रो स्थान हत्याउन सफल भएकी हुन् । पथरीशनिश्चरे–३ नमस्ते टोलकी उनी सानैदेखि नृत्य गर्न औधी रुचि राख्ने छात्रा हुन् । अब जयन्तीले पूर्वाञ्चलको विभिन्न स्थानको भ्रमण, रोड सो र छात्रवृत्ति प्राप्त गर्ने आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =