चुनावमा भाग लिन र बहिष्कार दुवै गर्न पाईन्छ : राज्यमन्त्री पुन

कात्तिक २८, रोल्पा । सिँचाइ राज्यमन्त्री अमरसिहं पुनले चुनावमा भाग लिन नचाहनेका लागि बहिष्कार गर्ने अधिकार रहेको बताएका छन् । संवैधानिक अधिकार प्रयोग गरी स्वतन्त्रतापूर्वक राजनीतिक गतिविधि गर्न पाउने अधिकार कसैले हनन गर्न नपाउने मन्त्री पुनले बताए ।

मन्त्री पुनले रोल्पाको लिवाङमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा नागरिकलाई निर्वाचनमा भाग लिने र बहिष्कार गर्ने दुवै अधिकार भएकाले बहिष्कारका लागि शान्तिपूर्ण प्रचारप्रसार गरेबापत गिरफ्तार गर्न नहुने बताए ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नामै किटेर हतियारसहित पक्राउ परेका विप्लवका कार्यकर्ता छुटाउन विज्ञप्ति प्रकाशन गरेको भन्ने विभिन्न सञ्चार माध्यममा झुटो प्रचार गरेको राज्मन्त्री पुनले आरोप समेत लगाए । उनले रोल्पाबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाइका लागि विज्ञप्ति प्रकाशन नगरेको स्पष्ट पारेका छन् ।

रोल्पामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक रुपले बढिरहेको हुँदा त्यसको सत्यतथ्य बुझी सञ्चार माध्यममार्फत सार्वजनिक गरिदिन पत्रकारलाई मन्त्री पुनले आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *