बाढीले क्षेतिग्रस्त तरार्इका जिल्ला बारे याेजना अायाेगकाे प्रतिवेदन सार्वजनिक

कार्तिक २७, काठमाडौँ । गत बाढीका कारण क्षतिग्रस्त मधेसका जिल्लामा पुननिर्माणको लागि ७७ अर्ब रुपैयाँ चाहिने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार बाढीले ६० अर्ब रुपैयाँको क्षति पुर्याएको छ ।

राष्ट्रिय योजना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई साढे २ बजे प्रतिवेदन हस्तान्तरण गर्दै साे जानकारी गराएकाे हाे । गत वर्षायाममा बाढीले ३५ जिल्ला प्रभावित भएको र सबैभन्दा बढी क्षति घरमा भएको रिपोर्टमा उल्लेख गरिएकाे छ ।

रिपोर्ट अनुसार घरहरुमा १९ अर्ब रुपैयाँको क्षति भएको छ । भने, सिचाईमा १७ अर्ब, घरपालुवा जनावर १० अर्ब र कृषिमा ७ अर्बको क्षति भएको छ ।

योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार घर निर्माणको लागि ३९ अर्ब, सिचाईका लागि १७ अर्ब, कृषिको लागि ६ अर्ब, घरपालुवा जनावरको लागि २ अर्ब, यातायातमा ३ अर्ब, खानेपानीमा २ अर्ब चाहिने देखिन्छ ।

योजना आयोगले भूकम्पपछिको पुननिर्माणको लागि ७ खर्ब चाहिने विस्तृत प्रतिवेदन सार्वजनिक गरेको थियो । जस अनुसार दाता सम्मेलनपनि गरिएको थियो । दाता सम्मेलनमा दातृ निकायले ४ खर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर,भूकम्पपछिको पुननिर्माणले गति भने लिन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =