कृषि विकास कार्यालय पर्वतको टोल फ्रि नम्बर प्रयोग विहीन

पर्वत, माघ ६ । जिल्ला कृषि विकास कार्यालय पर्वतको टोल फ्रि नम्बर प्रयोग विहिन भएको छ । किसानलाई जिल्ला कृषि विकास कार्यालयको सम्र्पकमा रहन सजिलो होस् भनेर राखिएको १६६०६७४२०१३ नम्बरको टोल फ्रि नम्वर अहिले प्रयोग बिहिन जस्तै बनेको छ ।

४ वर्षअघि कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालयको बारेमा जानकारी लिन सजिलो होस् भनेर टोल फ्रि नम्वर राखिएको थियो । कर्मचारीहरु फिल्डमा गएको बेला भेट नहुने भएकोले किसानहरुले कार्यालयका कर्मचारीहरुको मोबाइलमा नै सम्र्पक गर्ने गरेकाले पनि टोल फ्रि नम्वर प्रयोगमा आउन छाडेको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

सुरु सुरुका दिनमा किसानले कार्यालयको टोल फ्रि नम्बरमा नै फोन गरेर आफ्ना समस्या तथा खेती गर्ने मौसम अनुसारका जिज्ञासाहरु राख्ने गरे पनि अहिले फोन नै नआउने गरेको उहाँको भाइ छ । अहिले दिनमा एक÷दुई वटा मात्र फोन आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *