अजवाइनकाे तेल कुन कुन राेगका लागि उपयाेगी हुन्छ ?

अजवाइन तेल हामीले दैनिक जिबनमा प्रयोग गर्दै आएका सागपात जन्य बालि द्वारा तयार पारिएको आयोबेर्दिक औसधि हो, जसकाे प्रयाेग धेरै लामाे समयदेखि भइरहेकाे छ । अायुर्वेदका अनुसार अजवाइनकाे तेल प्रयाेग गर्दा मर्के सर्केमा, ढाड कम्मर दुखेमा, शरीर वा जाेर्नी दुखेमा, नशा, माँसपेशी सुन्निएमा, टाउकाे दुखेमा, रूघाखाेकी लागेमा, वाथराेग भएमा, निकाे पार्न याे तेल सदैव प्रयाेग गर्नुपर्छ । आज हामीले अजवाइनकाे प्रयाेग कसरी गर्दा फाइदा हुन्छ भनेर जानकारी दिने प्रयास गरेका छाै ।

खाेकी लागेमा
अजवाइनकाे रसमा दुर्इ चुट्की विरे नुन मिसाएर ताताे पानीमा हालेर खानुस् । यसले तपार्इकाे खाेकी कम गर्ने छ । यदि तपार्इलार्इ बारम्बार खाेकीले सताइरहन्छ भने अजवाइनकाे रस महमा मिलाएर दुर्इ तिन दिन एक एक चम्चा खानुस् राहत मिल्नेछ ।

चिसाे लागेमा
नाक बन्द भएमा अजवाइनलार्इ कपडामा बेरेर नाकमा राख्नुहोस। चिसाे माैसमा सर्दी लाग्दा अजवाइनलार्इ चबाएर पानीसँग पिउनुस् । यसले चिसाेबाट राहत मिल्नेछ ।

पेट खराब भएमा
अजवाइन मिसाएर एक कप ताताे पानी पिउनुस् ।

ताैल कम गर्न
अजवाइन माेटाेपना कम गर्न अति उपयाेगी हुन्छ । राति एक गिलास पानीमा अजवाइन हालेर बिहान एक चम्चा महमा मिलाएर पिउदा लाभ मिल्नेछ । यसरी नियमित सेवन गर्नाले माेटाेपना कप हुन्छ ।

दातकाे दुखाइ
अजवाइनकाे तेल पानीमा हालेर कुला कर्दा दातकाे दुखाइ कम हुन्छ । सरसाेकाे तेलमा अजवाइन हालेर तताउनुस् । यसले दात्तलार्इ मजबुत बनाउँछ र दुखार्इ कम भर्इ आराम मिल्नेछ ।

अजवाइनकाे तेल एक बहुउपयाेगी अायुर्वेदिक अाैषधी हाे । ढाड कम्बर दुखेमा, टाउँकाे दुखेमा, रूघाखाेकीले सताएमा, शरीर वा जाेर्नी दुखेमा यसकाे प्रयाेग गर्दा निकै उपयाेगी साबित हुने अनमाेल अायाेर्वेद काेटेश्वरका सन्चालक मानबहादुर साउद बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =