सोसल मिडियामा पोस्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने

“
एजेन्सी । बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानुनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ ।
योसँगै एक अर्को कानुन बनाउने कुरा पनि बेलायतमा उठेको छ । जसअनुसार आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरू फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरूलाई सम्बन्ध्ति कम्पनीले बर्खास्त गर्न सक्नेछ । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरूमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरूले उक्त व्यक्तिको साेसल मिडिया प्रोफाइल समेत केलाउने गरेको बताइन्छ ।
उता साउदी अरेबियामा चाहिँ फेसबुक लगायतका साेसल मिडियामा अफवाह फैलाउनेलाई मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ । सोसल मिडियामा आपत्तिजनक कुराहरू पोस्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ ।
“








