आज बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय हरु यस्ता छन्

“
काठमाडौं, कात्तिक २६ ।
नेपालीको रेल सपनाः गोरखापत्र
नेपालमा रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर चिनिया टोली स्वदेश फर्केको छ । २३ सदस्यीय चिनिया टोलीले केरुङ–काठमाडौँ, काठमाडौँ– लुम्बिनी र काठमाडौँ–पोखरा गरी तीन रुटको अध्ययन अवलोकन गरेपछि रेलमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ ।
नेपाल र चीनका अधिकारीले थप अध्ययन गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर गरेका छन् र अर्काे बैठक आगामी एक डेढ महिनाभित्रै गर्ने सहमति पनि भएको छ । यसले थप आशा जगाएको छ । एक वर्षअघि तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल चीनबीच रेलमार्गसहित यातायात र पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्यसपछि दुुवै मुलुकका उच्च अधिकारीको भेटघाटमा पनि यो कुरा प्राथमिकताका साथ उठ्दै आएको थियो । आ.व. २०७३÷७४ को बजेटमा पनि दुई वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख भएको थियो ।
प्रशासनिक र कानुनी जटिलताबारे पनि चिनिया टोलीले प्रारम्भमै सचेत गराइसकेको छ ।
जे भए पनि रेलमार्ग नेपालको आवश्यकता हो । अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिन र छिटो यातायात सेवा सञ्चालनका लागि रेलमार्ग अत्यावश्यक छ । त्यसैले स्रोत र साधनको अभाव हुन नदिई जतिसक्दो चाँडो रेल सञ्जाल विकास गर्नुपर्छ ।
अस्पताल सञ्चालनमा बेथितिः कान्तिपुर
राजधानीकै अस्पताल तथा औषधि पसलहरू नियम–कानुन पालनामा इमानदार नरहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनले देखाएको छ ।
अनुगमनमा स्वास्थ्य संस्थाहरू नवीकरणबिना सञ्चालन भइरहेको, स्वीकृतिभन्दा बढी शय्या राखेको र अस्पताल शुल्क भनेर बढी रकम लिएको पाइएको छ ।
यो सम्बन्धित स्वास्थ्य संस्थाको गैरजिम्मेवार कार्य हो । यसले नियमनकारी निकायको पनि कमजोरी उजागर गरेको छ ।
विभागका अनुसार थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले स्वीकृति लिएको भन्दा बढी शय्या सञ्चालन गरिरहेको छ भने अस्पताल नवीकरण पनि गरिएको छैन ।
१ सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाएको नर्भिकमा त्यसभन्दा बढी शय्या पाइएको हो । अस्पतालले ‘अस्पताल चार्ज’ का नाममा कानुनविपरीत सर्वसाधारणबाट थप १३ प्रतिशत रकम लिने गरेको भेटिएको छ ।
निर्वाचनको सुरक्षा चुनौतीः नागरिक
पश्चिम रुकुमको प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेको घटनादेखि रोल्पा जिल्लाको माडी गाउँपालिका १ स्थित भिट्टाबाङमा माओवादी नेता बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माईन विस्फोट गरेर निर्वाचनमा सहमागी हुन लागेका नेतकार्यकर्तादेखि सर्वसाधारणसमम्मलाई जे जसरी आतंकित पार्ने काम भएको छ, यो भत्र्सनायोग्य छ ।
संक्रमणकालाई अन्त्य गर्ने गरी मुलुक निर्वाचनमा होमिएका बेला भएका यस किसिमका प्रहसन लोकतान्त्रिक प्रक्रियालार्य नै खलबल्याउने हिसावले भएको देखिन्छ जुन लोकतन्त्रमा विश्वास गर्ने कसैका लागि सह्य हुनै सक्दैन ।
उम्मेदवारको सुरक्षाको प्रत्याभुति गर्नुपर्ने दायित्व सरकारको नै हो ।
उम्मेदवारको अकासिएको खर्च :अन्नपुर्ण
मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र तिनका भातृ् संगठनहरुले उधोग व्यवसायीसंग मोटो रकम चन्दा माग्न थालेका छन् ।
निर्वाचन आयोगसंगको छलफलमा व्यवसायीहरुले स्थानीय तहको निर्वाचनमा दलहरुलाई चन्दा दिएको र अहिले थप दिनुपर्दा दिक्क भएको बताएका छन् ।
उनीहरुले काननु् बनाएर दल र तिनका भातृ संगठनलाई दिने चन्दाको सीमा तोकिदिनुपर्ने माग गरेका छन् ।
उम्मेदवारहरुले अत्याधिक खर्च गरेको देखिएपछि जथाभावी चन्दा नदिन आयोगले अनुरोध गर्दा व्यापारीहरुले गुनासो गरेका थिए ।
“








