डा. केसी आज पनि हिरासतमै बस्नुपर्ने : प्रधानन्यायाधीश पराजुली ‘फायर’ !

काठमाडौं, पुष २५ । सर्वाेच्च अदालतको आदेशपछि पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा भोलि बुधबार मात्रै बहस हुने भएको छ ।
हिजो सोमबार प्ररहरीले पक्राउ गरेपनि डा. केसीलाई आज मंगलबार विहान ९ बजे अदालतमा उपस्थित गराइएको थियो ।बयानका क्रममा डा. केसीले अदालतको अवहेलना आफूले नगरेको बरु प्रधानन्यायाधीश पराजुलीले नै गरेकाले उनलाई कारबाही गर्नुपर्ने बताएका थिए ।

भोलि हुने बहसमा न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको बताइएको छ । सोमबार डा.केसीले बयान दिएका छन् भने उनको बारेमा भोलि मात्रै अदालतले बहस गर्ने भएको छ ।
सोमबार राति अनसनस्थलबाट पक्राउ भएका डा.केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो । उनले आजपनि त्यहीँ रात बिताउने त्यहाँका एक जना सुरक्षाकर्मीले जानकारी गराए । त्यसैले डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।
उता, प्रधानन्यायाधीश गोपाल पराजुलीले डा.केसीले अदालतको अवहेलना गरेको भन्दै जतिसक्दो चाँडो उनीमाथि छानविन गर्न माग गरेका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले जसरी भएपनि भोलि अदालतको बेञ्चमा बहस हुने छ ।








