मतदाताको आस्थामाथि वेइमानी गरेको छैन : गगन थापा

“
काठमाडौं, कात्तिक २५ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका गगन थापाले मतदाताको अास्थामाथि आफुले वेइमानी नगरेको बताउनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका केन्द्रीय सदस्य थापाले सनिबार कमनमा घरदैलो कार्यक्रमका क्रममा यस्तो प्रतिक्रिया दिनुभएको हो ।
चुनावी प्रतिष्पर्धामा उत्रिए पछि हार वा जीत हुनु स्वभाविक भएको भन्दै उहाँले आफुले बेइमानी नगरेका कारण त्यसकै आधारमा जीत सुनिश्चित भएको दाबी गर्नुभयो । यसअघि पनि सोही क्षेत्रबाट संविधानसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेका थापाले मतदाताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो । यद्यपि थापाले त्यसमा आफुमात्रै जिम्मेवार नभएको र आफ्नो बाध्यता बारे मतदाता स्वयम जानकार रहेको भन्दै मतदाताकै हातमा आफ्नो हार वा जित रहेको उल्लेख गर्नुभयो ।
गगन थापा, प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ४ संविधानसभा सदस्यमा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फबाट संविधानसभा सदस्य बनेका नेता थापा स्वास्थमन्त्री पनि बन्नुभएको थियो ।
“








