‘कांग्रेसको गठवन्धन लूटतान्त्रिक गठवन्धन’– ओली

कात्तिक २५, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी गठबन्धन नै लोकतान्त्रिक भएको जिकिर गर्दै कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई ‘लूटतान्त्रिक गठवन्धन’को संज्ञा दिएका छन् ।

‘कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति भन्छ, लोकतान्त्रिक गठबन्धन भन्दै हिँड्छ,’ शनिवार झापा क्षेत्र नम्बर १ मा आयोजित कार्यकर्ता प्रशिक्षण तथा चुनावी कार्यक्रममा बोल्दै ओलीले भने, ‘हामी नै लोकतान्त्रिक शक्ति हौँ, कांग्रेस पनि लोकतान्त्रिक शक्ति हुन सक्छ काहीँ ? कांग्रेसको गठबन्धन लुटतान्त्रिक गठबन्धन हो ।’

मुलुकको नेतृत्व अब वामपन्थी शक्तिले गर्ने बताउँदै ओलीले कांग्रेसलाई चटके कुरा गर्ने बानी परेको आरोप लगाए । उनले कांग्रेसले कुनै पनि हालतमा चुना जित्न नहुने जिकिर गरे ।

झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी नेता राम कार्कीलाई मतदान गर्न आग्ह गर्दै ओलीले भने– ‘कार्की हार्दा एमाले, माओवादी एकैपटक हार्छ । कुनै पनि हालतमा लुटतन्त्रको गठबन्धनलाई जित्न दिनु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *