लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य दंगाल एमालेमा प्रवेश
“
काठमाडौं, कात्तिक २४ । सुनसरी वर्जु गाँउपालिका २ घर भएका फोरम लोकतान्त्रिकका निर्वाचित केन्द्रिय सदस्य शिव प्रसाद दंगाल फोरम लोकतान्त्रिक परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।
लामो समय देखी नेपाली राजनितिमा कृयाशिल रहेका दंगाल लोकतान्त्रिक फोरममा रहदा विजय कुमार गच्छदारका अत्ती विश्वास पत्र मानिनुहुन्थ्यो । पछिल्लो समयमा पार्टीको सिद्धान्त र नेतृत्वसँग चरम असन्तुष्टी रहदै आएका दंगाल झपाको दमकमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट फुलमाला टिका लगाई एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाले पार्टीमा तानाशाही प्रबृति रहेको र जनताको समस्याहरुको उचित सम्वोधन नगरिएको र पार्टीका अध्यक्ष बिजय गच्छदार अवसरवादी र सत्ता भोगी मात्र रहेकोले देशको विकास गर्न नसकिने भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाले संक्षिप्त टिप्पनी गर्दै एमालेले मात्र देशको राजनितिक निकास र विकास गर्न सक्ने भएकोले एमालेमा प्रवेश गरेको बताउनुभयो ।
“