निर्वाचन आयोगले उद्योगी व्यवसायीसँग छलफल गर्दै

काठमाडौं, कात्तिक २४ । प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १६ दिन बाँकी रहँदा दलहरुले प्रचार प्रसार तिब्र बनाएका छन् । प्रमूख दलका शिर्ष नेताहरु विभिन्न जिल्लामा पुगेर चुनावीसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा जनमत जुटाउने प्रयत्नमा लागेका छन् ।

निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहितासँग जोडिएका विषयमा छलफल गरिरहेको छ । दलका तर्फबाट मागिने चन्दाका विषयमा आज आयोगले व्यवसायीहरुसँग छलफल गर्दैछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको गुनासो आएपछि आयोगले छलफल गर्न लागेको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चुनावमा हुने आर्थिक आचारसंहिताका विषयमा छलफल गर्न लागेको जानकारी दिनुभयो । छलफल ११ बजे तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =