दुई दिने मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’ आजदेखि काठमाडौंमा सुरु
“
कात्तिक २४, काठमाडौं । काठमाडौंमा अाजदेखि दुई दिने मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’ सुरु हुदै छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको आयोजक वन अप प्रा लिका सञ्चालक रवि झाले बताए ।
बिहान साढे १० बजेदेखि काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा सुरु हुने यस मेलामा नेपालका उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सिहरु सहभागी हुने झाले जानकारी दिए ।
उक्त मेलाको (Presents) Queensford College, (In Association with) Grace International र शिक्षा मन्त्रालयका प्रतिनिधीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘हालको परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रयाप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो । यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्त गर्ने Tips तथा Career Counselling लाई प्रमुखताकासाथ जानकारी गराइनेछ ।
मेलाका मुख्य प्रायोजकहरुमा Educationpark, Mercy Education, E-Planet, Kangaroo Education Foundation, Aus Studies, Education Asia, Nepcoms Services, Sky Education Consultancy, Boomerang International Educational Services रहेका छन् । त्यस्तै, स्पोन्सरहरूमा Dynamic Universe, Eminent Educational Institute, Pathfinder International Education, Nepal Educational Consultancy, Impulse International, Nobel Education Foundation, Kathmandu Infosys, The Next, Bradford Education Consultancy, Raffles Educare, Oli & Associates, Dolphin Education र Mate’s Education रहेका छन्। यस मेलमा, IT Partner र Promotion Partner का रुपमा भने क्रमस, Communicate र Ace Media & Marketing रहेका छन् ।
“