कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँच घाइते

रुकुम, १३ असार । सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ । काँग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको बताएको छ ।

झडपका क्रममा काँग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये काँग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *