छुरी प्रहारबाट घाइते बनेका धरानका बिप्लव पराजुलीको मृत्यु

कार्तिक २३,सुनसरी । धरान उच्च मा वि मा पढ्ने विद्यार्थीमाथि छुरा प्रहार हुँदा घाइते बनेका विप्लव पराजुलीको मृत्यु भएको छ ।

घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरीका अनुसार उनको उपचारको क्रममै मृत्यु भएको हो ।

धरान–१६ का विप्लव पराजुली माथि आक्रमणपछि छुरा प्रहार भएको थियो । छुरा प्रहार गर्ने रवि सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ । दुवैजना धरान उच्च मा वि मा कक्षा ११ मा पढ्दै आएको र कलेजबाट निस्किने बित्तिकै सिंहले छुरा प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =