प्रहरीको निगरानीमा त्रिभुवन विमानस्थलका प्रमुख

काठमाडौं, कात्तिक २३ ।  विदेश भ्रमणमा निस्किँदा सधैँ विशिष्ट अतिथि भिआईपीले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जिएम वेवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।

प्रहरीको विशेष टोली भने भिआईपी कक्षतिर उनको प्रतीक्षामा थियो ।  उनी भिआईपी बाटोको सट्टा सामान्य यात्रुको बाटोमा गएको सुचना आलगत्तै भिआईपी बाटोमा मोडिए ।

प्रहरीले विमानस्थलका जिएम उपाध्यालाई लामबाट निकाल्यो र उनको साथमा रहेको सुटकेस जाँच गर्यो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *