बसमा मोटरसाईकल ठोक्किंदा चालकको मृत्यु

कञ्चनपुर, पुस २९ । कञ्चनपुरको भिनपा– ३ भाँसीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटर साईकल चालकको घटना स्थल मै मृत्यु भएको छ ।

बेतकोट नगरपालिका–९ सुकुम्वासी टोल बस्ने वर्ष ३२ का मनोज बोहरा महेन्द्रनगर बजार तर्फ आउदै गर्दा महेन्द्रनगर बाट पूर्व तर्फ गईरहेको बस सँग ठोक्किन पुगेका थिए । बस क्षेत्रिय दंगा प्रहरी सिसैयाले नियन्त्रण लिएको छ ।

भारतिय नं. प्लेट ०६ ए.जे.६३२० भएको मोटर साईकलमा आएका बोहराका श्रीमति, ८ वर्षिय छोरी र ५ वर्षिय छोरा रहेका छन् । मोटरसाईकल क्षेतिग्रस्त भएको छ ।

स्थानिय वासिन्दाले घटनाको छानविन हुनु पर्ने र मृत्यकका परिवारले क्षतिपुर्ति पाउनु पर्ने भन्दै बेदकोट नगरपालिका स्थित लालपुर बजार बन्द गर्नुको साथै सवारी आवत जावत पनि बन्द गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =