एअर पेस्तोल र ४५ ओटा गोलीसहित एक व्यक्ति समातिए

नेपालगन्ज, कात्तिक २२ । भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई बुधबार एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ ओटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपाल–भारत सीमानाकास्थित इलाका प्रहरीचौकी जमुनहाले जाँच गर्नेक्रममा सल्यान, थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती–सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *