युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

कात्तिक २२, काठमाडाैं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।

मलेसियामा हुने यु १९ एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ । नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ । गएको महिना भएको छैटौं चरणको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन दुईमा घटुवा भइसकेको छ । नेपाल ९ अंक सहित छैटौं स्थानमा छ भने ६ अंक मात्र बटुलेको युएई पुछारमा छ । युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन् ।

छनौट भएका खेलाडीहरु : पारस खड्का

  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • विनोद भण्डारी
  • सागर पुन
  • दिपेन्द्रसिंह ऐरी
  • सन्दिप लामिछाने
  • मो. आरिफ शेख
  • ललित भण्डारी
  • सुशन भारी
  • सुशील कँडेल
  • नरेश बुढाऐर
  • शक्ति गौचन
  • जितेन्द्र मुखिया
  • मेहबुब आलम
  • शौरभ खनाल
  • हसिम अन्सारी
  • सिद्धान्त लोहनी
  • दिलिप नाथ
  • विक्रम सोब
  • सुनिल धमला
  • अनिल मण्डल
  • कुशल भुर्तेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =