राष्ट्रिय हिन्दु एकता मञ्चद्धारा तीन जनालाई सम्मान

भरतराज शर्मा (गोपाल), धरान । राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले आफ्ना वार्षिक कार्यक्रम अन्तरगतको संस्कार जागरण कार्यक्रम यस वर्ष पनि विधिपूर्वक सम्पन्न भएको छ ।

बुधवार मोरङ जिल्लाको साबिको कदमाहा गाविस वर्डा नं ७ र हालको धनपाल गाँउपालिका वडा नं ७ मा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएकाे हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका केन्द्रीय सदस्य ठुलीबाबा खड्काले हिन्दु संस्कारका निम्ति चल्दै आएको यो कार्य हरेक वर्ष निरन्तर जारी रहने बताए । उनले हरेक वर्ष हिन्दु संस्कार अनुसार हुँदै आएको कार्यक्रमा सक्रिय भएर काम गर्ने आफ्ना सहयोगीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

खड्काले काठमाडौँ, चितवन लगायतका १४ वटा जिल्लामा हरेक वर्ष गरिदै आएको कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुने आफ्ना सहयोगीहरुको प्रंसशा समेत गरेका थिए । राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका मोरङ प्रचार प्रसार सम्याेजक श्यामलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत मन्तव्य कपलेश्वर शर्माले राखेका थिए भने कार्यक्रम सञ्चालन मंजिता शर्माले गरेकी थिइन ।

साथै सोही कार्यक्रममा राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले आफ्ना तिन जना सक्रिय कार्यकर्तालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा कदमाहा ७ कमलपुरका मंजिता शर्मा (केवट), मनिशा शर्मा र ईन्द्रकला शर्मा रहेका छन् । उनीहरूलाई मञ्चका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि ठूलीबाबु खड्काले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =