आफू सधैँ यस क्षेत्रको समृद्धिमा कटिवद्ध : आरजु राणा

“
विष्णु जोशी, धनगढी । मङ्सिर २१ गते हुने निर्वाचनका लागि चुनावी प्रसारप्रसार कार्यलाई व्यवस्थित तथा व्यापक बनाउने उदेश्यले नेपाली काँग्रेस कैलालीले वडा वडामा चुनावी सम्पर्क कार्यालय विस्तार गरेको छ । यसै क्रममा कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिका वडा नंम्बर ८ मा सम्पर्क कार्यालयकाे उद्घाटन गरिएकाे छ ।
नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर आरजु राणा देउवाले एक समारोहका बिच चुनावका लागि सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् ।
सो अवसरमा नेतृ राणाले आफू सधैँ यस क्षेत्रको समृद्धिमा कटिवद्ध रहने बताइन् । कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त र जीवन रानाले पनि मन्तव्य राखेका थिए । कार्यक्रम काँग्रेसका क्षेत्रीय सभापति हरिश खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
“








