एसइइमा नेपाल प्रथम भए रुपन्देहीका आदर्श

असार २, रुपन्देही । रुपन्देहीको रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले जिपिए फोर ल्याएका छन् । यससगै रुपन्देहीले यसबर्ष पनि माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरि नेपालमा प्रथम भएका हुन् । अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ अंक आएको हो ।

परीक्षा नियन्त्रण कार्यालयबाट आज प्रकाशित २०७३ मा सञ्चालित एसइइको नतिजामा उनले ‘बोर्ड फस्ट’ भएको दाबी विद्यालयका प्राचार्य कृष्ण शर्माले गर्नुभयो । यो खुसियालीमा विद्यालयले भोली शनिबार मुर्गियामा खुसियाली र्यालीको आयोजना समेत गरेको छ । आदर्शको जन्ममिति २०५७ माघ १८ हो भने उनको ०४८९९५३ आइ सिम्बोल नम्बर हो । पाण्डेय बिद्यालयका मेहनती र अब्बल विधार्थी रहेको विधालय प्रशासनले जनाएको छ ।
उनी सधैं क्लास फस्ट समेत हुने गरेको बिद्यालयका प्राचार्य कृष्ण शर्माले बताउनु भयो । गत साल समेत रुपन्देहीकै मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् ।








