जर्मन समाजसेवीको सहयोगमा तीन हजारको निशुल्क आँखा परीक्षण

कात्तिक २२ चितवन । ‘आई क्याम्प फोर चितवन अभियान’ले चितवन जिललाका विभिन्न ग्रामिण भेगमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । ति शिविरहमा तीन हजार जनाको आँखा परीक्षण गरिएको छ ।

दृष्टिबिनाको सृष्टि अपूरो छ भन्ने मूलमन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको एक ठाउँमा, रत्ननगर नगरपालिकाको तीन ठाउँमा, भरतपुर महानगरको एक ठाउँमा, कालिका नगरपालिकाको दुई ठाउँमा र माडीको एक ठाउँमा शिविरको आयोजना गरेको केन्द्रका प्रमुख राजबन्दु गौतमले बताए । ती शिविरहरुमा बालबालिका र वृद्धवृद्धाहरुको सहभागिता बढिरहेको उनले बताए ।

दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थापना केन्द्र भरतपुरले जर्मनी समाजसेवीले त्यहाँ संकलन गरेको रकमको सहयोगबाट शिविरको आयोजना गरेको हो ।

शिविरमा नेशनल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो । बिरामीका लागि आवश्यक चस्मा तथा औषधि जर्मनबाट नै पठाइएको थियो । शिविरमा सेवा लिन आउने बिरामीलाई औषधि चस्मादेखि शल्यक्रियासमेत निःशुल्क रुपमा प्रदान गरिएको उनले बताए ।

सो क्रममा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको र दुई हजार चस्मा वितरण गरिएको गौतमले जानकारी दिए । शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभूति गरेको शिविरमा सहभागी जर्मनी समाजसेवीको टोली प्रमुख ब्रिगेट ब्रगरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =