सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

कात्तिक २०, काठमाडौं । सिन्धुलीको फिक्कलमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । फिक्कल गाउँपालिका ४ टर्किबेशीमा  बा ७ च ३६९५ नम्बरको जिप दुर्घटनामा परेको हो । गएराति ९ बजे खुर्कोटबाट खाङसाङ बेशीतर्फ जाँदै गरेको सो जिप टर्किबेशीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट तल सखेको थियो ।

दुर्घटनामा जिपमा सवार स्थानीय ४० वर्षीय अमरबहादुर दर्लामी र ४० वर्षकै रामप्रसाद बरालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका फिक्कल गाउँपालिका ४ का ५९ वर्षीय दिपबहादुर मगर र ६० वर्षीय नरबहादुर बलमपाखीको भने उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेमध्ये १ जनाको ललितपुरस्थित बिएण्डबि अस्पतालमा र अन्य ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *