एसियाका ६ देश सहभागी हुने एसियन प्रिमियर लिग नेपालमा हुने

एसियाका ६ देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत) को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल सहित भारत, अफगानिस्तान,  संयुक्त अरब एमिरेट्स, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।

लिग चरणमा उत्कृष्ट हुने ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।  प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Image result for Nepali cricket fan

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने  सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =