निर्वाचन अनुगमन टोलीलाई विशेष योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं, कात्तिक १९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन विशेष योजना बनाउन निर्वाचन अनुगमन टोलीलाई निर्देशन दिएको छ । आज काठमाडौंमा निर्वाचन अनुगमन टोली प्रमुखहरुको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो निर्देशन दिनुभएको हो ।

आयुक्त यादवले निर्वाचनमा द्व आउन नदिन स्थानीय बुद्धिजीवि र संचार माध्यामलाई व्यापक परिचालन गर्न पनि निर्देशन दिनुभयो । निर्वाचन आयोगले भौगोलिक जटिलता, प्रतिकूल मौसमलाई ध्यानमा राखेर अनुगमनको कामलाई व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई पुनः निर्देशन दिएको छ । आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *