बाग्मतीमा सवारी चालक अनुमति दिने सबै काम बन्द

असार ५ । यातायात व्यवस्था कार्यालय वागमतिमा सवारी चालक अनुमति दिने सम्बन्धिका सबै काम बन्द भएको छ । दोस्रो चरणको निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल असार २१ गते सम्मको लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय वागमतिले जानकारी दिएको छ ।

असार २२ गतेबाट सबै काम सुचारु हुने कार्यालयले प्रष्ट पारेको छ । यस अघि फर्म भरीसकेका, परीक्षा दिइसकेकाहरुले पनि २२ गतेपछिमात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =