संविधान संशोधनबिना निर्वाचन भए मुठभेड हुन्छ – राजेन्द्र महतो

राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीमार्गमा हिंडेको आरोप लगाएका छन् । वीरगंज, घण्टाघर र कलैया, भरतचोकमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलन २०७२ को शुरुआतमा तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई अहिले राजपाको चार दिने आम हडतालको क्रममा उपेन्द्र यादवले अनुसरण गरिरहेको आरोप लगाए । उनले त्यतिखेर केपी जेजे बोल्थे, अहिले यादव त्यही बोलिरहेको बताए । उनले यादवको मानसिक स्थिति ठीक नभएको आरोप पनि लगाए ।

नेता महतोले संविधान संशोधनबिना सरकारले निर्वाचन गराए देश मुठभेडमा जाने बताए । उनले सरकारले मधेसको माग सम्बोधन गरी निर्वाचन गराउनु उपयुक्त हुने सुझाव दिए । आपूmहरू पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन खोजेको बताउँदै त्यसको वातावरण बनाउने काम सरकारको भएको बताए । जनसङ्ख्याको आधारमा निर्वाचन क्ष्Fेत्र घोषणा, सीमाङ्कन र मधेस आन्दोलनमा मारिएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति, भूटा मुद्दा फिर्ता गर्नुपर्ने र त्यसपछि निर्वाचन घोषणा गर्नुपर्ने बताए । उनले वर्तमान संविधान अनुसार माघ ४ गतेसम्म तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा सरकार आफूलाई गम्भीर देखाउन खोजिरहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम सार्दा कुनै असर नपुग्ने बताए ।

उनले मधेसमा चुनावको लहर भएको राजधानी केन्द्रित सञ्चारमाध्यम र त्यहाँ रहेका नेताहरूले देखाउन खोजे पनि यथार्थ भने त्यसको ठीक विपरीत रहेको बताए । उनले विगतमा भएका न्यूनतम सहमति कार्यान्वयन नभएसम्म मधेसमा चुनाव हुन नसक्ने ठोकुवा गरेका थिए । मधेसी जनताले अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने बताए । वार्ताको नाममा आन्दोलन नरोकिने उनले बताए । पर्सा संयोजक पुरुषोत्तम झाको सभापतित्वमा शुरु भएको पत्रकार सम्मेलनको सञ्चालन सन्तोष पटेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =