‘प्राविधिक विषय रोजगारीको उपर्युक्त विषय हो’– झा

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरकै उत्कृष्ठ प्राविधिक कलेज हो । नेपाल टेक्निकल इन्स्टिच्युट प्रा. लि. अन्र्तगत धनुषाको जनकपुरधाममा सञ्चालित यो कलेज मध्यमाञ्चलकै उत्कृष्ट प्राविधिक कलेज बन्न सफल भएको छ ।
वि.स. २०५३ सालमा स्थापित कलेजले शुरुमा सिटिइभिटि अन्तर्गतको इन्जिनियरिङ र हेल्थ कोर्ष सञ्चालन गरेपछि ०६६ सालदेखि विश्वविद्यालय अन्र्तगतका विषय समेत सञ्चालन गर्न थालेको हो । प्राविधिक विषय र कलेजका विविध विषयमा सेन्ट्रल कलेजका अध्यक्ष विजय झासँग  हाम्रा जनकपुर संवादाता धिरज ठाकूरले गरेको कुराकानीको संक्षेपः

                                       विजय झा, अध्यक्ष, नेपाल टेक्निकल इन्स्टिच्युट प्रा.लि. जनकपुर, धनुषा

सेन्ट्रल कलेज कस्तो प्रकारको कलेज हो ?

यो कलेज सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको कलेज हो । यहाँ सिटिइभिटी र विश्वविद्यालय अन्र्तगतका विभिन्न प्राविधिक विषयहरु अध्यापन हुने गर्दछ ।
प्राविधिक क्षेत्रको विकास गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले यो कलेज स्थापना गरिएको हो ।

यहाँ कुन कुन विषय अध्ययन गर्न सकिन्छ ?

एसइई, प्सलस टु उत्तिर्ण जुनसुकै तहका विद्यार्थीहरुले प्राविधिक विषयहरु अध्ययन गर्न सक्दछन् । डिप्लोमा सिभिल इन्जिनियरिङ, डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ, स्टाफ नर्स, हेल्थ ल्याब टेक्नीशियन, हेल्थ असिस्टेन्ट, डेन्टल, आप्थालमिक साइन्स जस्ता विषय अध्ययन गर्न सकिन्छ । यसैगरी बेसिक सर्वेइङ्, इलेक्ट्रिकल सब ओभरसियर, सिभिल सब ओवरसियर, ११ सी.एम.ए., अ न मी, ल्याब टेक्नीशियन, रेंजर, बि ई जस्ता प्राविधिक विषय अध्ययन गर्न सकिन्छ ।

कलेजमा अध्ययन गर्न कहाँकहाँ देखि विद्यार्थी आउँछन् ?

जनकपुर प्राविधिक विषय अध्ययन गर्नका लागि अत्यन्त राम्रो क्षेत्र  हो ।  हामी कहाँ मध्यमाञ्चल क्षेत्रका धेरै विद्यार्थी आउँछन् । यसका अलावा पूर्वाञ्चलका विभिन्न जिल्लाबाट समेत आउँछन् ।

प्राविधिक विषय पढ्न राम्रो पूर्वाधार र प्रयोगात्मक विधि चाहिन्छ, कलेजले कसरी ब्यवस्थापन गरेको छ ?

जुनसुकै प्राविधिक विषय अध्ययन गर्न कलेजले अत्याधुनिक संरचना युक्त पूर्वाधार निर्माण गरेको छ । पर्याप्त सन्दर्भ सामग्री, पाठ्यपुस्तक तथा इ–लाईब्रेरीको ब्यवस्था छ । कम्प्युटर ल्याव, अत्याधुनिक विज्ञान प्रयोगशाला, आईटी प्रविधि, हाईड्रोपावर ल्याव, इलेक्ट्रीक ल्याव लगायत आवश्यक पूर्वाधार छन् । नर्सिङ विषयका लागि विभिन्न अस्पतालहरुमा इन्र्टनसिपको ब्यवस्था छ ।

 विद्यार्थीलाई दिइने छात्रबृत्तिहरु कसरी ब्यवस्थापन गर्नु भएको छ ?

कलेजले सिटिइभिटि तथा पूर्वाञ्चल विश्वविद्यालयबाट प्रदान गर्ने विभिन्न छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ । भने, दलित, जनजाति, मुस्लिम पिछडिएका वर्गका जेहेन्दार विद्यार्थीका लागि आफ्नै तर्फबाट विषेश कोटाको ब्यवस्था गरेको छ । हामीसँग रहेको सिट संख्याको १० प्रतिशत सिट छात्रबृत्तिको छ ।

प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको भविष्य कस्तो छ ?

हाम्रो देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने विषय भनेकै प्राविधिक विषय हो । कम शुल्कमा छोटो अवधिमै सीप सिकेर रोजगार हुन तथा स्वरोजगार हुनका लागि प्राविधिक विषयहरु नै अध्ययन गर्नु पर्दछ । जसले सीप सिकेका छन् तिनले देश तथा विदेशमा राम्रा रोजगार पाउने संभावना अत्यन्त भएकाले यो क्षेत्रप्रति विद्यार्थीको भविष्य उज्वल छ । अझ अहिले विद्यालय तहमा समेत अनिवार्य नर्सहरुको ब्यवस्थापन गर्नुपर्ने कुरा आएको छ । यसले विद्यार्थीमा रोजगारीको मार्ग प्रसस्त गरिदिएको छ ।

प्राविधिक विषय आर्थिक तथा शैक्षिक अवस्था कमजोर भएका विद्यार्थीले मात्र पढ्ने हो भन्ने बुझाई कत्तिको सहि हो ?

एकदमै गलत सोचाई हो । एसइईमा ए प्लस ल्याउने हुन् की डी ल्याउने हुन् उनिहरुको पढ्न पाउने अधिकार छ । सरकारले सबैलाई एसइई पछि उच्च शिक्षा हासिल गर्न बन्देज गरेको छैन । प्राविधिक विषयमा पनि त्यहि लागू हुन्छ । मात्र कुन विषयमा कति ग्रेड ल्याउँदा पढ्न पाईन्छ भन्ने मात्र हो । हामी कहाँ जनरल विषय अध्ययन गरेकाहरु बेरोजगार छन् । तर, प्राविधिक विषय अध्ययन गरेका हरु आफ्नै देश तथा गाउँघरमा स्वरोजगार भएर आनन्दको जिन्दगी विताउन सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =