यमनी विद्रोहीद्वारा प्रहार गरिएको क्षेप्यास्त्र ध्वस्त पारिएको साउदी अरेबियाको दाबी

रियाद, कात्तिक १९ । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारिदिएको छ । यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो ।

आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए । यसले साउदीको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ ।

साउदी अरेबियाले यसअघि पनि हुथी विद्रोहीका मिसाइल खसालेको दाबी गर्दै आएको थियो । तर यसअघि कुनै पनि मिसाइल घना बस्ती भएको क्षेत्र नजिक खसेका थिएनन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =