यि १६वर्षे युवतीलाई किन घुमाइयो नांगै ?

कराची– पाकिस्तानको एक दुर्गम गाउँमा मानिसहरुले एक १६ वर्षीया युवतीलाई नांगो बनाएर गाउँ घुमाएका छन् । हतियारधारी समुहले ति युवतिलाई अर्धनग्न बनाएर गाउँ घुमाएको स्थानीय मिडियालाई उधृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न आठ व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको आरोपित नवौ व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । स्थानीय मानिसहरुका अनुसार केटीलाई त्यसबेला हमला गरियो, जतिबेला उनी पानी भर्न इनार जाँदैथिइन् ।
प्रहरीका अनुसार यी मानिसले आफ्नो परिवारको ‘सम्मान’ फिर्ता पाउनका लागि यस्तो गरेका हुन् ।

केटीलाई यसकारण निशाना बनाइयो कि, उनको भाईको हमला गर्ने व्यक्तिको परिवारको एक केटीसँग गोप्य प्रेम सम्बन्ध थियो ।

केटीले स्थानीय पत्रकारसँग भनेकी छिन, ‘म र मेरो काकाको छोरी बहिनी इनारमा पानी भरेर फर्केका थियौँ, त्यसबेला ती मानिसहरु हामी नजिक आए । उनले मलाई धक्का दिए । त्यसपछि उनीहरुले कैचीले मेरो कपाल काटे । त्यसपद्धि कैचीले नै मेरा कपडा काटे । मेरी बहिनीले दुपट्टाले मेरो शरीर ढाक्ने कोशिष गरिन्् । तर, उनीहरुले त्यसो गर्न दिएनन् ।’
केटीले त्यहाँबाट उम्कने कोशिष गरिन् र नजिकैको घरमा पुगिन् । तर, ती हमला गर्ने व्यक्तिहरु त्यहाँ पनि गए ।

‘म लुकेर बसेको थिएँ । तर, उनीहरुले मलाई त्यहाँबाट पनि बाहिर निकाले । एक छिमेकीले हस्तक्षेप गरेर मलाई बचाउन खोजे तर, हतियारधारीले बन्दुक देखाएर उनलाई त्यहाँबाट हटाए ।’

स्थानीयवासी र प्रहरीको भनाई छ कि, यो घटनाक्रम एक घण्टासम्म चल्यो । त्यसपछि ती हतियारधारीले केटीलाई त्यहाँबाट जान दिए ।

केटीले भनिन्, ‘त्यहाँबाट उम्केपछि म दौडेर काको घर गए । काकाको घरमा पुगेर मैले केही कपडा लगाए ।’
केटीले आमा र बहिनीका अगाडि मिडियासँग सवै कुरा बताइन् । केटीको आमा, जो विधवा हुन्, उनले भनिन कि, जव उनलाई घटनावारे थाहा भयो, तुरुन्तै छोरीको खोजीमा हिडिन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *