जुटमिलमा आगलागी, नगरपालिकाको दमकल नमुना मात्रै

कात्तिक १८, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ९ हनुमाननगर बजारमा जुट गोदाममा आगलागी भएको छ । व्यापारी जगत नाहटाको गोदाममा राखिएको पटुवा (जुट)मा लागेको आगो स्थानीयको कड़ा मेहनत पछि नियन्त्रणमा आएको छ ।

हनुमाननगर नगरपालिकाले वारुण यन्त्र भित्र्याएको एक वर्ष भई सक्दा समेत चालकको नियुक्ति नगर्दा दमकल नमुना मात्र बनेर बसेको छ । यस घटनासंगै दमकल आईसके पछि ५ भन्दा बढ़ी आगलागी हुँदा कुनैमा नगरपालिकाको दमकलले सहयोग गरेको छैन । नगरपालिकामा जनप्रतिनिधि निर्वााचित भई सक्दा समेत नगरपालिका अस्तव्यस्त भएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

आगलागीबाट भएको क्षतिको विबरण आएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *