टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

कार्तिक १६, काठमाडौँ । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो ।

छनोट हुने नेपाली टोलीका सदस्यमा उपकप्तान सीता रानामगर, नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन् ।

त्यसै गरी वैकल्पिकतर्फ नितु भण्डारी, रेखा रावल र कविता कुँवर रहेका छन् । थाइल्याण्डमा आगामी मङ्सिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङ्कङ, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ) र चीन सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेल मङ्सिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मङ्सिर १० गते चीनसँग खेल्नेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =