चितवन–३ बाट दाहालको मनोनयन दर्ता

कार्तिक १६, चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ बाट मनोनयन दर्ता गरेका छन् । वाम गठबन्धनको र्‍यालीमा प्रचण्डसंगै भरतपुरमा एमालेबाट मेयरका प्रत्याशी देवी ज्ञवालीको पनि उपस्थिति रहेका थिए ।

ज्ञवाली स्थानीय तहको निर्वाचनको मतगणनामा अघि रहँदा मतपत्र च्यातिएको थियो । पुनः मतदानपछि भएको मतगणनामा ज्ञवालीलाई प्रचण्ड पुत्री रेणु दाहालले पराजित गरेकी थिइन् ।

एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रचण्ड र ज्ञवाली एकै मोर्चामा आएका हुन् । केही समय अघि मात्र एमाले अध्यक्ष केपी अाेलीको निवास बालकोटमा प्रचण्ड र ज्ञवालीले भेट वार्ता गरेका थिए । चितवन ३ मा काँग्रेसले भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रम पाण्डेलाई समर्थन गर्ने जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =