इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

चारिकार, अफगानिस्तान । इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । प्राप्त पछिल्लो समाचार अनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो । बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए ।

उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधवार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो । तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्काे बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए ।

मारिनेमा साथमा रहेको अर्काे बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् । यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक सिकार हुने गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =