पथरीमा एन आई सी एसिया बैङ्कको नयाँ शाखा

कार्तिक १८, काठमाडाैं । एन आई सी एसिया बैङ्कले नयाँ शाखा विस्तार गरेको छ । पथरी शनिश्चरे नगरपालिका १, जनआन्दोलन चौक, मोर¨ स्थित पथरी शाखाको एक समारोहका बिच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीप कुमार राईबाट विधिवत् समुद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । पथरी शाखाको समुद्घाटनसँगै हाल यस बैङ्कले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =