१० अनुभवी इन्जिनियरहरु द्वारा सञ्चालित ‘एसियन टेक्नो ट्रेडर्स’

“
काठमाडौँ, कात्तिक १५ । ‘अध्ययनभन्दा सिप र पैसा भन्दा ठुलो मित्रता’ काठमाडौँको माइतिघरस्थित १० इन्जिनियरहरुलाई एक पटक भेटे पुग्छ । दशकौँ वर्षसम्म इन्जिनियर क्षेत्रमा रहेर बटुलेको अनुभवलाई अब साँच्चिकै मूर्त रूप दिन अघि सरेका छन् ।
सेन्ट जेभियर्स कलेजको ठिक अगाडि पूर्वी मोहडामा रहेको एसियन टेक्नो ट्रेडर्स प्रा.लिई. कम्पनी त्यहीँ इन्जिनियरहरुले खोलेका हुन्, जसको शुभमुहुर्त आज बुधवार १५ गते सम्पन्न गरिएको छ । जहाँ इन्जिनियरिङ सम्बन्धीका सम्पूर्ण सामाग्रीहरू सुपथ र दरिलो पाइन्छ । विभिन्न किसिमका सेफ्टी र सेक्युरिटीलाई मध्यनजर गर्दै यससँग सम्बन्धित रोड सेफ्टी, कन्सट्रक्सन, सेफ्टी,इन्डस्ट्रियल सेफ्टी,पाइप सेफ्टी,इलेक्ट्रिकल सेफ्टी र टेलिकम्युनिकेसनसँग सम्बन्धित मेसिनरीज र यसका पार्ट पुर्जा साथै सिभिल इन्जियनिरिङ सर्भेका विभिन्न इक्विपमेन्ट्सहरु सप्लाई गुर्ने गरेको गरेको सञ्चालक ओम दास बताउँछन् । दीर्घकालीन र टिकाउ सामाग्री नै बिक्री वितरण गर्ने आफूहरुको उद्धेश्य रहेको समेत उनले बताए ।
त्यस्तै, कम्पनीका सञ्चालक रवि भूषण झा भन्छन्,‘हामी सबै जना कुनै बेला इन्जिनियरियङका विद्यार्थी थियौँँ । अहिले पनि छौँ । १० वर्षभन्दा बढी इन्जिनियरिङ क्षेत्रमा अनुभव बटुलेर आज एसियन टेक्नो ट्रेडर्स कम्पनी सञ्चालन गर्न सफल भएका छौँ ।’ सबैभन्दा बढी जोड रोड सेफ्टीमा दिएको बताउँने उनी बिशुद्ध इन्जिनियरहरु मिलेर देश विकासमा केही गरौँ भन्ने उद्धेश्यले कम्पनी खोलिएको बताउँछन् । ‘हामीसँग सर्भे इक्विपमेन्ट, टेलि कम्युनिकेशन र हाइड्रोपावरसँगै इलेक्ट्रिकल फिल्डका सेफ्टी इक्विपमेन्ट्सहरु उपलब्ध छन् । कम्पनीले मात्रात्मकभन्दा गुणात्मकतमा ध्यान दिन्छ ।’
शुभमुहुर्तमा राखिएका सामानहरू देखाउदै झा फेरि थप्छन्–‘सबैभन्दा पहिलो कुरा सामान कच्चा कि पक्का ! त्यो नै ठुलो कुरा हो ।’ नन टेक्निकल क्षेत्रका व्यक्तिहरूले यो क्षेत्रमा लागेर लाभमात्र लिने गरेको आफूहरुलाई महसुस भएपछि आफूहरूले आफ्नो सिपसँगै देश विकासमा धेर थोर केही गर्न सकिँन्छ कि भन्ने खातिर एसियन कम्पनी सञ्चालन गरेको उनी बताउँछन् ।
हाल एसियन कम्पनीका लागि १० जनाले झन्डै एक करोडको लगानी गरेका छन् । कम्पनीले आफ्नो एसोसिएट पार्टनरहरुद्वारा देशव्यापी रूपमा आफ्नो सामानहरू भविष्यमा अझ विस्तार गर्ने उनीहरू बताउछन् । कुरा भन्दा पनि काम गर्न आफूहरू एकबद्ध बताउने कम्पनीका सञ्चालकहरु हुन्, रवि भूषण झा, आनन्द गुप्ता, हरि ओम दास, ललितसिंह रावल, सनत आचार्य, श्रीजेस सिंह, प्रकाश पोख्रेल, विमल ढकाल, खगेन्द्र सिंह धामी र सन्तोष गुप्ता । जापान, अष्ट्रेलिया, चीन, जर्मन, भारत, कोरिया लगायत विश्वमा मजबुत सामाग्रीहरू उत्पादन गर्ने कम्पनीहरुबाट मात्र एसियन कम्पनीले इन्जिनियरिङका सामानहरू ल्याउने गरेको छ ।
“








