धरानमा अशोक स्मृति बास्केटवल प्रतियोगिता हुने

भरतराज शर्मा (गोपाल), धरान । होम एण्ड अवेको आधारमा मोफसलमा पहिलो पटक अशोक स्मृति बास्केटबल रनिङ्ग कप २०७४ प्रतियोगिता धरानमा हुने भएको छ । कार्तिक १८ गतेदेखि करिब डेढ महिना सम्म प्रतियोगिता चल्ने आयोजक डायनामिक युथ क्लबका सम्योजक रिब बास्पभोरले जानकारी दिए ।

उनका अनुसार परिवारले प्रतियोगिताको लागि सहयोग गर्ने भएपछि अशोक स्मृति कपको आयोजना गर्न लागिएको डायनामिक क्लबका सचिव शिशिर पोख्रेलले जानकारी दिए । आठ टिमको सहभागिता रहने प्रतियोगितामा प्रतियोगिहरुलार्इ होम एण्ड अवे अनुसार वेस्ट अफ थ्री माध्यमबाट प्रतिस्पर्धा गराइने प्रतियोगिताका प्रचार प्रसार प्रमुख तथा पूर्वाञ्चल बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

प्रतियोगिताका उपाधि विजेताले नगद पचास हजार तथा उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर)को उपाधि विजेताले नगद १० हजार रुपैयाँ र फाइनल खेलको म्यान अफ द म्याचले नगद ३ हजार रुपैयाँ, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रवि वास्फोरले जानकारी दिए । बास्केटबल खेलको विकास, खेलाडीलाई अवसर, नयाँ प्रतिभाको पहिचान साथै धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यका साथ आयोजना गर्न लागेको हो ।

डायनामिक युथ क्लब धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठनाको हाता भित्र रहने युवाहरुद्धारा स्थापना गरेको क्लब हो भने कार्यक्रमका प्रयोजक अशोक वास्फोर पूर्वाञ्चल बास्केटवल खेलाडी तथा प्रतियोगिताका संयोजक रवि वास्फोरका बुवा हुन । प्रतियोगिता चार लाख ५० हजार रुपैयाँ लागतमा सम्पन्न हुन लागेको प्रतियोगिताको उद्घाटन र समापन खेल दुवै धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =