बामगठबन्धनले झुक्याएपछि बाहिरिएँ : संयोजक भट्टराई
“
कार्तिक १४, पोखरा । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि गठबन्धनबाट बाहिरीएको बताएका छन् ।
मङ्गलवार प्रेस सोसाइटी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरम र नयाँ शक्तिलाई बाहिर राखेर दुई पार्टीले कम्यिुनिष्ट केन्द्र बनाउने अतिवादी सोच देखाएपछि आफू बाम एकताबाट बाहिरिएको बताए । ‘नयाँ समाजवादी पार्टी बनाउने भन्दै प्रस्ताव गरे’ भट्टराईले भने ‘तर पछि उनीहरूले पुरानै कम्युनिस्ट पार्टीको धङधङी र चरित्र देखाएपछि हामी गठबन्धनबाट बाहिरियौ ।’
उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिस्ट केन्द्रको औचित्य नरहेको बताए । स्टालिनकालीन कम्युनिस्टको नेपालमा कुनै औचित्य नरहेको बताउँदै भट्टराईले वामघटक र लोकतान्त्रिक शक्ति मिलाएर मात्र देशमा नयाँ बैकल्पिक शाक्ति निमार्ण गर्न सक्ने बताए। संयोजक डा. भट्टराईले यसपालिको निर्वाचनमा जनताले आफूलाई गोर्खाको समग्र विकास निर्माणकमा खेलेको भूमिकालाई मुल्याङकन गरेर भोट दिनेमा विश्वास व्यक्त गरे । उनले भने ‘मलाई जनताको विश्वास छ, म आफै क्षेमताको आधारमा विकास र समृद्धिमा लाग्छु ।’
उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए । काँग्रेस र कम्युनिस्ट दुवैलाई समदुरीमा राखेर अगाडि बढ्ने समेत बताए । संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रूपमा लिन नहुने बताए ।
“